प्रधानमन्त्री देउवा र लोसपाका अध्यक्ष ठाकुरबीच भेटवार्ता

काठमाडौं ! लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग आज भेटघाट गर्नुभएको छ । पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाको साथमा बालुवाटार पुग्नुभएका अध्यक्ष ठाकुरले मधेस मुद्दाको बारेमा छलफल गर्नुभएको बताइएको छ ।

जसपाका एक नेताका अनुसार नागरिकता विधेयक पास गराउनुपर्ने, आन्दोलनको क्रममा विभिन्न व्यक्तिमाथि लागेको मुद्दा फिर्ता, थुनामा रहेकालाई रिहा लगायतको विषयमा अध्यक्ष ठाकुरले कुरा राख्नुभएको थियो । जवाफमा प्रधानमन्त्री देउवाले नागरिकता विधेयकलगायतका विषय संसद्बाट पारित हुने विषय हो तर विपक्षी दल संसद् अवरोध गरेको कारण हुन नसकेको यद्यपि आफ्नो प्रयास जारी रहेको प्रतिक्रिया दिएको ती नेताले सभ्यखबरलाई बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *