एमसीसीको पक्षमा नउभिएको भए कांग्रेस र एमाले मिलेर हाम्रो अस्तित्व समाप्त पारिन्थ्यो : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पारित गर्ने निर्णय नगरेको भए कांग्रेस र एमाले मिलेर आफूहरुको अस्तित्व समाप्त पार्ने निष्कर्ष पार्टीमा सुनाएका छन् ।

केन्द्रीय कमिटीमा उनले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ, “हामीले बाह्रबुँदे व्याख्यात्मक घोषणासहित एमसीसी कम्प्याक्ट सम्झौता अनुमोदन गर्न सहमति जनायौँ । यदि हामीले यसो नगरेको भए नेका र एमाले मिलेर पाँच दलीय गठबन्धनलाई तोड्ने, सभामुखलाई पदबाट हटाउने र हाम्रो पार्टीका चौधजना सांसदलाई कारवाही गर्ने गरी नेका र एमाले मिलेर एमसीसी कम्प्याक्ट जस्ताको त्यस्तै अनुमोदन गर्ने थिए । त्यस्तो अवस्थामा पाँच दलीय गठबन्धन तोडिने, सभामुखलाई पदबाट हटाइने, हाम्र्रो पार्टीका चौधजना सांसदलाई कारवाही गरिने र हाम्रो पार्टीको अस्तित्व समाप्त पारिने र अदालतलाई समेत प्रयोग गर्नेसम्मका कार्य हुनसक्दथे । हामीले वैकल्पिक बाटो रोजेर ती सबै खतरालाई टारेका छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *