कैलालीको गोदावरी नगरपालिकामा झुक्याएर नेकपा(एस)बनाइएको भन्दै एमाले समर्थकले गरे भण्डाफोर

कैलाली। कैलाली जिल्लाको गोदावरी नगरपालिका- ४ मा एमालेका कार्यकर्तालाई झुक्याएर नेकपा(एस)मा प्रवेश गराएकोमा संबंधित व्यक्तिहरुले गम्भीर आपत्ती जनाएका छन् ।

आफुहरुलाई उपभोक्ता समिति गठन गर्न भनी बोलाएर पार्टी प्रवेश गराएको भनि नेकपा(एस) कि भौतिक राज्यमन्त्री र गोदावरी नगरपालिकाकि उपमेयर विरुद्ध प्रेस बिज्ञप्ति नै निकालेर उनिहरुले आफुहरु एमालेमै रहेको जनाएका छन।
प्रेस बिज्ञप्ति सहित ध्यानाकर्षण गराउनेहरुमा गोदावरी नगरपालिका-निवासी लाल बहादुर साउद, पदमा साउद,सितादेवी साउद,हरिपाल कामी र जगत कामी रहेका छन् । उनिहरु सबैले नेकपा(एस)का व्यक्तिले आफुहरुलाई झुक्याएर पार्टी प्रवेश गराएको बिज्ञप्तिमा उल्लेख गरेका छन् ।

यसैगरी गोदावरी-४ एमाले अध्यक्ष रविन्द्र रोकामगरले समाजवादी भनिने पार्टिको सस्तो लोकप्रियता छताछुल्ल भै
जनतालाई भ्रममा पारेर आफ्नो राजनिती दुनो सोझ्याउन खोज्नु निकै बिडम्बना रहेको बताएका छन् । आफ्ना कार्यकर्तालाई
नदी तटबन्धन उपभोक्ता समिति बनाउने भनी झुक्याएर सोझा जनताको मन टुटाउने जुन दुस्साहस गरिएको छ ,नेकपा एमाले गो.न.पा -४ वडा कमिटी गम्भीर ध्यानाकर्षण र खेद प्रकट गर्दछ -उनले सभ्यखबरलाई भनेका छन् ।                                           

Leave a Reply

Your email address will not be published. Required fields are marked *