हामीलाई निमिट्यान्न पार्ने षड्यन्त्र चुड्की बजाएर समाप्त पार्‍यौं : माधव नेपाल

काठमाडौँ — एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले १ फागुनमै आफ्नो पार्टीको अस्तित्व समाप्त पार्न खोजिएको दाबी गरेका छन् । तर आफूहरुले चुड्कीको भरमा सबै षड्यन्त्र समाप्त पारिदिएको उनको दाबी छ ।

संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले भने, ‘हामीलाई निमिट्यान्न पार्न खोज्ने षड्यष्न्त्रहरु एकै मिनेटमा चुड्की बजाएर समाप्त पारिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *