धनगढीका चर्चित व्यक्ती गोपाल हमालद्रारा विवेकशील साझा पार्टी परित्याग

काठमाडौ ! विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमालले पार्टी परित्याग गरेका छन् ।

हमालले मंगलबारदेखि नै लागू हुने गरी विवेकशील साझा पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।

‘सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै मेरो स्थायी बसोबास रहेको धनगढी उपमहानगपालिकाका बासिन्दाले फेरि स्वतन्त्र भएरै उम्मेदवार बन्न सुझाव दिएका छन् । लामो समयसम्म राजनीति गर्ने मेरो सोच पनि नरहेको र अन्तिमपटक स्थानीय निर्वाचन लड्ने तयारी भएकाले आजकै मितिदेखि पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराउँदछु,’ उनले भनेका छन् ।

उनले स्वतन्त्र रूपमै फेरि धनगढीको मेयरमा प्रतिस्पर्धा गर्ने पनि बताएका छन् । हमाल अघिल्लो स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयरमा लडेका थिए । स्वतन्त्र उम्मेदवारी दिएका हमाल कांग्रेसका नृप वडसँग पराजित भएका थिए ।

हमाल २८ साउन २०७४ देखि नै विवेकशील साझा पार्टीको सुदूरपश्चिम संयोजक थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *