वेदकोट नगरपालिका कंचनपुरका सवै स्थानिय जनप्रतिनिधि एमालेमै रहने,माधव पक्ष शुन्य

काठमाडौं ! कञ्चनपुरको वेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित सबै जनप्रतिनिधिहरू एमालेमै रहने बताइएको छ । वि.सं. २०७४ सालमा नेकपा एमाले पार्टी र सूर्य चुनाव चिन्हबाट निर्वाचित जनप्रतिनिधिहरूको बिहीबार नगर सभा हलमा आयोजित बैठकले सबै जनप्रतिनिधिहरू नेकपा एमालेमै रहने निर्णय गरेको हो ।

वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले एमालेबाट निर्वाचित सम्पूर्ण स्थानीय जनप्रतिनिधिहरूलाई बोलाई केन्द्रमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्न अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । नगर प्रमुख चन्दले राख्नु भएको प्रस्तावमा सबै जनप्रतिनिधिहरूले सहमति जनाएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *