एमाले-काङ्ग्रेस बैठक : काङ्ग्रेसको सत्ता जोगाउने दाउले दुबै पक्ष आ-आफ्नै अडानमा,बैठक निष्कर्षबिहिन

काठमाण्डाै – नेकपा एमाले र नेपाली कांग्रेसका दोस्रो तहका नेताहरुबीच भएको वार्ता विना निष्कर्ष सकिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको बैठकमा कांग्रेस र एमालेका नेताहरुले पुरानो अडान कायम राखेपछि बैठक विना निष्कर्ष टुङ्गिएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभा सञ्चालन गर्न र राष्ट्रिय सहमतिका साथ अमेरिकासँग भएको एमसीसी सम्झौता अनुमोदन गर्न आग्रह गरिएको बताउनुभएको छ । कार्कीका अनुसार एमालेले बैठकमा प्रतिनिधि सभा आफ्नो पार्टीका लागि नखुलेको भन्दै त्यसलाई खुलाउन आग्रह गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *