विभिन्न पार्टिका नेता कार्यकर्ता भित्र्याउन एमाले अध्यक्ष ओली आज पोखरा जानूहुँदै

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाँदै हुनुहुन्छ । अध्यक्ष  ओलीले पोखरामा विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको छ।

अध्यक्ष ओली ओली बिहान ११ पोखरा पुग्ने र दिउँसो २ बजे काठमाडौं फर्किने कार्यतालिका रहेको छ जनाइएको छ ।

अशोक राई नेतृत्वमा विभाजन भएको बेला राईसँगै गएका नेताहरु, माधव कुमार नेपाल नेतृत्वमा फुटेर एकीकृत समाजवादी पार्टीमा गएका तथा विवेककशील साझा पार्टीबाट अलग्गिएकाहरु सहित ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरु एमाले प्रवेश गर्ने भएकाले अध्यक्ष ओली स्वयम पुगेर स्वागत गर्ने कार्यक्रम रहेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *