प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं–  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेट वार्ता भएको छ।

सिंहदरबारमा एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेलगत्तै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन्।

एमसिसी अनुमोदनका लागि आजबाट संसदमा छलफल चल्ने हुनाले र प्रधानमन्त्री देउवाले अबको केही दिनभित्र एमसिसी अनुमोदन गर्ने लक्ष्य राखेकाले प्रचण्ड लगायतका गठबन्धनका नेताहरुको दौडधुप तिब्र बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *