एमालेको खबरदारीका कारण स्थानीय चुनाव सार्ने षडयन्त्र असफल भयो : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले स्थानीय तहको चुनाव सार्ने चलखेल असफल भएको बताउनु भएको छ । उहाँले चुनाव सार्न चाहनेको चलखेल रोकिएपछि छटपटी सुरु भएको बताउनु भयो ।

एमाले केन्द्रीय कार्यक्रम अन्तर्गत आजदेखि बुटवलमा सुरु भएको दुईदिने प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले एमालेको जनलहर देखेर चुनावमा एक्लै जान डराएकाहरु चुनावबाट भाग्न असफल भएकोसमेत बताउनु भयो ।

उहाँले एमसीसी परियोजनाका बारेमा सरकारमा सहभागी दलहरुबीच नै दोहोरो भूमिका देखिएको भन्दै पाँच दलीय गठबन्धन सरकारको दोहोरो भूमिकाको विरोधमा एमाले रहेको प्रष्ट्याउनु भयो। उहाँले सरकार एउटा दृष्टिकोण बोकेको हुनुपर्ने जनाउँदै प्रधानमन्त्रीय प्रणालीमा सरकारले दुईवटा कुरा बोक्ने कुरा हुन नहुने बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *