देशैभर माओवादी प्रवेश गर्नेको लहर चलेको छ : प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशैभरी पार्टीमा फर्कने र प्रवेश गर्नेहरूको लहर चलेको बताउनुभएको छ ।

सोमबार बिहान आफ्नो निवास खुमलटारमा नेपाली कांग्रेस र नेकपा (एमाले)का करिब दुई दर्जन नेता–कार्यकर्ताहरूलाई माओवादी केन्द्रमा स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारका लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने चेतना एकपटक फेरि फैलिएको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *