एमसिसीबारे पार्टी भित्र विवाद चर्किएपछि नेकपा(एस) ले बोलायो सचिवालय बैठक

काठमाडौं ! सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। एमसीसीबारे चर्को विवाद भएपछि बैठक बोलाइएको हो।

बैठक आज दिउँसो १ बजेका लागि बोलाएको नेकपा एसको सचिवालयले जनाएको छ।यसअघि गत शनिबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले एमसीसी संसदमा पेश गर्न दिने तर संशोधनबिना पास नगर्ने निर्णय गरेको थियो।

तर, पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसी संसदमा पेश गर्न दिने निर्णय नै नगरेको भन्दै चर्को असन्तुष्टि जनाएका थिए। उनले आइतबारको संसद बैठकमा समेत एमसीसी पेश गर्न दिएकोमा विरोध गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *