एकैदिन प्रचण्डका ५ अवतार

काठमाडौं ! माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई वर्षअघि घोषणा गरे, ‘म ओरिजिनल माओवादी होइन।’ त्यति बेला उनी नेकपाका दुई अध्यक्षमध्ये एक थिए। एमालेतर्फका नेता–कार्यकर्ताको मन जित्नु थियो। त्यही भएर चाडपर्वका शुभकामना आदानप्रदान कार्यक्रममा पनि ‘असान्दर्भिक’ विषय उप्काएर राजनीतिक माहोल तताए।

परिस्थितिअनुसार आफू र पार्टीलाई ढाल्न सक्ने चलायमान नेताका रूपमा चिनिन्छन् दाहाल। एमसीसीका सन्दर्भमा त दाहालले आइतबार पाँच ‘अवतार’ देखाए। एमसीसी संसद्मा लैजान बिहान सत्ता गठबन्धनमा सहमति जनाए। ​क्षणभरमै प्रमुख सचेतकमार्फत असहमति जनाउन लगाए। पार्टीका अर्थमन्त्रीलाई संसद्मा अनुपस्थित गराए। सम्झौता टेबल भएपछि पनि पारित गर्न नदिने धारणा सार्वजनिक गरेर फेरि भ्रम फिंजाए। सडकमा भ्रातृ संगठनलाई पनि उतारे ।  दाहालले एकै दिन गराएका यी घटनाक्रम कुन ‘ओरिजिनल र कुन डुब्लिकेट’ थिए भन्ने छुट्याउनै कठिन छ। अन्नपूर्ण पोस्टमा विस्तृतमा खबर छापिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *