समयमै निर्वाचन गर्न नदिन गठबन्धनले प्रधानन्यायाधीशमाथि महाअभियोगको प्रस्ताव दर्ता गर्‍यो : महासचिव पोखरेल

काठमाडौं ! नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले समयमै निर्वाचन गर्न नदिन सरकारले प्रधानन्यायाधीशमाथि महाअभियोगको प्रस्ताव दर्ता गरेको आरोप लगाउनु भएको छ ।

नेकपा (एमाले) सर्लाहीको आठौँ जिल्ला अधिवेशन उद्घाटनका लागि सर्लाही पुग्नु भएका महासचिव पोखरेलले एमालेको दबाबका कारण समयमै हुन लागेको स्थानीय निकायको निर्वाचन नगर्न कोशिस भइरहेको बताउनु भयो ।

एमाले सरकारले गरेका विकास निर्माणका गतिविधि देखेर जनता एमालेप्रति आकर्षित भएको समयमा एमालेको दबाबमा वैशाख ३० गते स्थानीय निकायको निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो ।

महासचिव पोखरेलले मधेशमा कम्युनिष्ट पार्टी चिनाउने काम नेकपा (एमाले)ले गरेको दाबी गर्नुभयो । उहाँले अघिल्लो निर्वाचनमा तत्कालीन प्रदेश नं २ अहिलेको मधेस प्रदेशमा निर्वाचनको प्रचार–प्रसार गर्न नपाउँदा पनि आफूहरूले ४० प्रतिशत स्थानीय निकायमा जित हासिल गरेको भन्दै आगामी निर्वाचनमा मधेस प्रदेशमा एमालेले बहुमत ल्याउने दाबी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *