माधव नेपालको पार्टिले फेर्यो बोली : एमसिसी टेबुल गर्न दिने निर्णय

काठमाडौं। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले एमसीसी संसद्मा टेबुल गर्न दिने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । तर, एमसीसीको पक्षमा भने पार्टी नउभिने निर्णय भएको एक नेताले जनाए । तर, एमसीसी टेबुल गर्नको लागि पहिले संसद्को अवरोध हट्नुपर्ने उक्त पार्टीको निर्णय रहेको छ। एमालेले पछिल्ला दिनमा लगातार संसद् अवरुद्ध गरिरहेको छ ।

यसअघि नेकपा (एकीकृत समाजवादी)ले पनि एमसीसी संसद्मा टेबुल गर्न नदिने अडान लिएको थियो । हिजो बसेको गठबन्धनको बैठकमा अध्यक्ष माधव नेपालले एमसीसी संसद्मा टेबुल गर्न दिनेबारे लचकता अपनाएका थिए । सोहीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि विहान १० बजे गठबन्धनको बैठक बोलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *