प्रधानन्यायाधीश विरूद्ध महाअभियोगमा हस्ताक्षर गर्न लगाएर अहिले प्रचण्ड भाग्न खोजेको काङ्ग्रेसको आरोप

काठमाडौं ! नेपाली कांग्रेसका सांसदहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूलाई धोका दिएको बताएका छन्।
बुधबारको संसद बैठकमा एमसिसी टेबल नभएपछि कांग्रेस सांसदहरूले प्रचण्डले धोका दिएको बताएका हुन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध महाअभियोग ल्याए आफूले एमसिसी पारित गर्न सघाउने वचन दिएका प्रचण्ड अहिले भागेको एक सांसदले सभ्यखबरलाई बताए।
‘राणाविरूद्ध महाअभियोगमा हामीलाई हस्ताक्षर गर्न लगाएर अहिले एमसिसी टेबल गर्ने बेला उहाँ भागेको भाग्यै हुनुभएको छ,’ कांग्रेसका एक सांसदले भने।

पछिल्लो समय प्रचण्डले एमसिसी पास गर्न सघाउने भनेर प्रधानन्यायाधीश विरुद्ध महाअभियोग दर्ता भएको थियो। तथापी अहिले प्रचण्डले एमसिसी पास गर्न नसकिने भन्दै माहोल बिगार्न खोजेपछी काङ्ग्रेस सशंकित बनेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *