लुम्बिनीमा गठबन्धनले उडायो लोकतन्त्रको मजाक : प्रमुख प्रतिपक्षी बिनै गर्यो सदन सुचारु

 

काठमाडौ ! प्रमुख प्रतिपक्षी नेकपा एमालेको उपस्थीती बिना प्रदेशसभाको नवौं अधिवेशनको तेश्रो बैठक सम्पन्न भएको छ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले नारावाजी गरेपछि दिउसो १ बजे सूरु भएको बैठक १९ मिनेट बसेर स्थगीत भएको थियो।

प्रमुख प्रतिपक्षी एमालेले बिना बिभागीय मन्त्री अजय शाही र सांसद बिमला वलीलाई पदमुक्त नगरे सम्म सदन चल्ल नदिने अडानमा राख्दै सदनमा नारावाजी गर्दै आएको थियो।

दिउसो १ बजेको बैठक स्थगन गरेर सहमतीमा जान लागेको भन्ने अपेक्षा गरिएको भएपनि सभामुखले सहमतीको प्रयत्न नै नगरेको एमालेको आरोप छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले अव आजको कुनैपनि बैठकमा सहभागी नहुने बताए।

अव हामी कुनै पनि प्रक्रियामा सहभागी हुदैनौं चौधरीले भने ।

लुम्विनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुल प्रसाद केसीले आजै बिश्वासको मत लिने कार्यसूची तय भएकै बेला प्रमुख प्रतिपक्षी बेन्च भने खाली हुने निश्चित भएको छ।

बैसाख ३ गते स्थगन भएको प्रदेशसभाको बैठक आज दिउसो १ बजे सूरु भएपनि सञ्चालन हुन नसेकपछि २ः ३० बजे डाकिएको थियो । २ः३० बजे बसेको बैठक प्रतिपक्ष १५ मिनेट बिनै सञ्चालन भएको थियो। प्रमुख प्रतिपक्षी नेकपा एमालेले नारावाजी गरेपछि दिउसो ३ः ३० बजेका लागि स्थगित भएको थियो।

बैठकमा मुख्यमन्त्री कुल प्रसाद केसीको तर्फबाट ग्रामिण तथा सहरी बिकास मन्त्री डिल्ली चौधरी र प्रदेशको नाम सूधार सम्वन्धी एैन संसोधन बिद्येयक र प्रदेश मामिला तथा कानून समितीकी सभापती दामा कुमारी शर्माले प्रदेश पदक ऐन २०७६ लाई संसोधन समितीको प्रतिवेदन पेश गरेकी थिईन भने आर्थिक मामिला मन्त्री कृष्णध्वज खडकाले संसदमा बिचाराधिन अवस्थामा रहेको प्रदेश सरकारको अर्थ सम्वन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको बिद्येयक फिर्ता गर्ने प्रस्ताव गरेका थिए।

आजको कार्यसूचीमा मुख्यमन्त्री केसीले आफु माथी प्रदेशसभाको बिश्वास छ भनी मत लिने र त्यसको निर्णय सूनाउने गरी तय गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *