लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै, एमालेले अवरोध गर्ने सम्भावना

काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि तय गरिएको नवौं अधिवेशनको तेस्रो बैठक बुटवलस्थित प्रदेशसभा भवनमा बस्न लागेको हो ।

गत भदौ ३ गतेका निर्धारित बैठक स्थगित गरी आजका लागि तय गरिएको हो । नवौँ अधिवेशन भदौ १ देखि सुरु भए पनि दुई सांसदका कारण प्रदेशसभा बैठक निरन्तर अवरुद्ध भइरहेको छ । प्रदेशसभा सदस्यद्वय अजय शाही र विमला वलीको विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल (एमाले) ले बैठक सञ्चालनमा अवरोध गरिरहेको छ ।

उनीहरू दुवैजना तत्कालीन नेकपाबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । वली दाङ र शाही नवलपरासीबाट प्रत्यक्ष निर्वाचित हुन् । एमालेका कारण आजको बैठक सञ्चालन हुने सम्भावना न्यून रहेको छ।

सभामुखले सूर्य चिह्नबाट लडेका सासद हटाउन अस्वीकार गरेपछि एमालेले विरोध गर्दै आएको छ। एमालेले यसअघि नै प्रदेश सभा चल्न नदिने भन्दै आएको छ। प्रदेशसभा बैठक सञ्चालन हुन नसक्दा मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिन पाएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *