एमसिसीबारे सहयोग गर्न प्रचण्डको एमाले अध्यक्ष ओलीलाई टेलीफोन,यो सत्ता गठबन्धनको बिजनेस भएकोले पहिला आफू निर्णय लिनुस : अध्यक्ष ओली

काठमाडौं ! नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड बीच हिजो साझ टेलिफोन सम्बाद भएको खुलेको छ। एमसिसीका कारण अप्ठ्यारो स्थितिमा पुगेको माओवादी केन्द्रका अध्यक्षले राती अध्यक्ष ओलीलाई एमसिसी बारे सबैले समान धारणा बनाउन वा चुनाबपछि धकेल्नलाई सहयोग माग्न कुरा भएको जनाइएको छ। जवाफमा एमाले अध्यक्ष ओलीले यो नितान्त सत्ता गठबन्धनको बिसय भएकाले आफुहरु उचित समयमा उचित निर्णय लिने जवाफ दिनुभएको जनाइएको छ।

टेलफाेन संवादबारे भएको कुराकानी बारे विशेष स्रोतका अनुसार ‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन´ भन्दै हिजो सॉझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ, ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४-५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस्; नेकपा (एमाले) त निर्णय गरिहाल्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *