एमाले उपाध्यक्ष बामदेव सचिवालयले भन्यो : माधव समुहले हाम्रो कुप्रचार गर्यो

 

काठमाडौं ! नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम एमालेमा नै रहेको उहाको सचिवालयले आज जारी गरेको प्रेस बिज्ञप्तिमा जनाएको छ।
केही दिन यता माधव नेपालले आवेदन दिएको नेकपा(एकीकृत समाजबादी) पार्टिमा ब्यानर सहित उहाको फोटो राखेर नया पार्टिमा गएको प्रचारहरु भैरहेको छ साथै देउवा सरकारमा बामदेव गौतमले नै माधव नेपाल समुहको प्रतिनिधित्व गर्ने सामाजिक सन्जाल र मिडियाहरुमा प्रचार भैरहेको छ।

यसै कुरालाई मध्यनजर गर्दै उहाको सचिवालयले भन्यो-बाहिर भएका कुप्रचारहरुमा हाम्रो ध्यानाकर्षण भै यस्तो गलत सुचनाको पछि नलाग्न सबैमा अपिल गर्दछौ । हेर्नुहोस,उहाको सचिवालयबाट समाजिक संजालमा आएको बिज्ञप्ति:-

आजकल केही दिन देखि विभिन्न पत्र पत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जाेडेर मन्त्री बन्दैहुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेकाे भन्दै फाेटाे सहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही हाेईन । क.वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) को नेतृत्वको कार्याशैली प्रती लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वभाविक हो । तसर्थ अन्य खाले प्रचार प्रसार मा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु ।
६ भदौ,२०७८
स्वकीय सचिवालय
वामदेव गौतम

Leave a Reply

Your email address will not be published. Required fields are marked *