प्रचण्डप्रति लक्षित गर्दै बाबुरामले भने– भित्र खाओवाद बाहिर माओवाद

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी अनुदान सम्झौता (एमसीसी)लाई अनावश्यक रूपमा गिजोल्न नहुने बताएका छन् ।
आइतबार राति ट्विट गर्दै उनले एमसीसीलाई जथाभावी गिजोलिँदा त्यसको परिणाम गम्भीर हुन सक्ने चेतावनी पनि दिएका छन् । अति भए खती हुने उनको भनाइ छ ।

उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति व्यंग्य पनि गरेका छन् । नेपाली राजनीति जबसम्म ‘दुईजिब्रे प्रवृत्ति’बाट मुक्त हुँदैन, तबसम्म देश नबन्ने उनले उल्लेख गरेका छन् ।
“भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद ! माछा देखे भित्र हात, सर्प देखे बाहिर हात ! भित्र खाओवाद बाहिर माओवाद !,” उनले लेखेका छन्, “नेपाली राजनीति जबसम्म यो पाखण्डी दुईजिब्रे प्रवृत्तिबाट मुक्त हुँदैन, तबसम्म देश बन्दै बन्दैन । एमसीसी ढंगले गिजोलिँदै छ, त्यसको परिणाम गम्भीर हुनसक्छ ! अति भए खति हुन्छ है !”

Leave a Reply

Your email address will not be published. Required fields are marked *