बालुवाटारमा प्रधानमन्त्री देउवा,ओली र प्रचण्डबीच भेटवार्ता सुरु

 

काठमाडौं ! नेपाली राजनीतिका तीन शिर्ष नेताहरुको भेट बालुवाटारमा सुरु भएको छ।प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापती शेर बहादुर देउवा,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डको भेट आज बालुवाटारमा भएको हो।

एमसिसी अनुमोदनका लागि देउवा र प्रचण्डको गोप्य पत्र बाहिरिएपछी एक्कासी तरङ्गित बनेको राजनितिमा यो भेट बारे विशेष चासो राखिएको छ। यो भेट प्रधानमन्त्री देउवाको पहलमा स्थानिय चुनाबको मिति घोषणाको समझदारीको लागि भन्ने बुझिएको छ । उक्त भेटमा एमाले महासचिव शंकर पोखरेल,संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की लगायतको पनि उपस्थिति रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *