महन्थ र राजेन्द्रले नया पार्टी खोल्ने

काठमाडौ !जसपा अध्यक्षबाट उपेन्द्र यादव पक्षले हटाउने निर्णय गरिरहेका बेला महन्थ ठाकुर सोमबार जनकपुरमा अगुवा कार्यकर्तासँग छलफलमा थिए । राजनीतिक जीवनको उत्तरार्द्धमा ‘कठिन मोड’ मा पुगेका ठाकुर एक साताअघि मधेस झरेका हुन् ।

ठाकुरसँग यति बेला न पार्टी न त छ राजनीतिक विरासत । निर्वाचन आयोगले यादवलाई पार्टीको आधिकारिकता दिएपछि आफ्नो पक्षका सांसदको पद कसरी जोगाउने भन्ने तनाव थपिएको छ, ठाकुरमाथि ।

जसपामा सर्वसम्मत ‘नेतृत्व’ मानिने ठाकुरसँग पार्टी नै नरहेपछि मधेस झरेका हुन् । मधेसमा तीव्र राजनीतिक गतिविधि गरिरहेका छन् । उनको यो सक्रियता नयाँ पार्टी गठनका लागि हो वा मधेसमा गुम्दै गएको आफ्नो जनमत रक्षाका लागि भन्ने जिज्ञासा पैदा भएको छ ।  अन्नपूर्ण पोस्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *