अनेरास्ववियुले गर्‍यो प्रधानमन्त्री देउवाको पुत्ला दहन

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।

बिहीबार काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडिको सडकमा विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । अनेरास्ववियुले स्थानीय तहको निर्वाचन छिटो घोषणा गर्नुपर्ने र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै प्रदर्शन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *