अनेरास्ववियुद्रारा संचारमन्त्री कार्कीलाई कालो झण्डा प्रदर्शन

काठमाडौँ – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थीहरुले मंगलबार सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई कालोझण्डा देखाएका छन् । वर्तमान सरकार नियतबस नै स्थानीय तहको निर्वाचन टार्ने खेलमा लागेको भन्दै अनेरास्ववियूले आन्दोलन गर्र्दै आएको छ ।

उनीहरुले मंगलबार बिहान मन्त्रीनिवास ललितपुरको पुल्चोक क्षेत्रको भित्रि सडक तथा मुल सडकमै मन्त्री कार्कीलाई नाराबाजीसहित कालोझण्डा देखाएका हुन् । उनीहरुले मन्त्री सवार गाडीमा कालोझण्डा समेत फालेका छन् ।

आन्दोलनका कार्यक्रम अन्तर्गत स्थानीय तहको चुनाव मिति नतोकिएकाले प्रतिकात्मक रुपमा मंगलबार मन्त्रीहरुलाई कालोझण्डा देखाइएको अनेरास्ववियूले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *