माओवादीबाट जितेका एक्ला वडाध्यक्ष एमालेमा प्रवेश

काठमाडौं ! स्थानीय तहको निर्वाचनमा माओवादीबाट निर्वाचित सन्दकपुर गाउँपालिकाका वडा नं. १ का वडाध्यक्ष नन्दकुमार राई एमाले प्रवेश गरेका छन् । आज एक कार्यक्रमका बीच राई एमाले प्रवेश गरेका हुन् ।
नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष महेश बस्नेत, केन्द्रीय सदस्य राम रानासहितको टोलीले पार्टीमा स्वागत गरेको हो । सन्दकपुर गाउँपालिकाका पाँच वडा रहेकामा चार वडामा एमालेको नेतृत्वले वडाध्यक्ष हत्याएको थियो । एक वडामा माओवादीबाट राई विजयी भएका थिए । राई जिल्लाभरमै माओवादीबाट निर्वाचित एक्ला वडाध्यक्ष हुन् । उनीसहित सोही वडाकी एक महिला जनप्रतिनिधि मात्र माओवादीबाट निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *