सत्ता गठबन्धनको सिन्डिकेट तोड्न आन्दोलनको आवश्यक : नेता साह

काठमाडौं ! नेकपा (एमाले)का स्थायी कमिटी सदस्य प्रभु साहले देशमा बढ्दो राजनीतिक संकटलाई रोक्न आन्दोलनको विकल्प नभएको बताउनु भएको छ । नेता साहले सत्ता गठबन्धनको सिन्डिकेट तोड्न पनि सडक आन्दोलनको आवश्यकता भैसकेको बताउनु भयो ।

शनिबार रौतहटमा एमाले देवाही गोनाही नगर सभालाई सम्बोधन गर्दै साहले सत्ता गठबन्धनको दबाबका कारण सरकारले निर्वाचनसम्बन्धी कुनै पनि निर्णय गर्न नसकेको बताउनु भयो । उहाँले समयै निर्वाचन गराउनलाई दबाब दिन आन्दोलनको आवश्यक भएको बताउनु भयो ।
पूर्वमन्त्री समेत रहनुभएका साहले भन्नुभयो,‘सत्ता गठबन्धनले आफु अनुकूल निर्वाचन गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रभावमा पार्न अनेक हतकण्डा अपनाइरहेको छ ।’ चुनावका लागि निर्वाचन आयोगले सरकारलाई पटक पटक ध्यानाकर्षण गराइसक्दा पनि गठबन्धनकै दबाबका कारण सरकारले कुनै ठोस निर्णय लिन नसकेको उहाँको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *