ट्राफिक महाशाखाको काम-जसले बनाउदैछ जनतामा प्रहरीको उचो साख

प्रहरी मेरो साथी भन्ने एउटा कथन छ,सोही कथनलाइ सार्थकता दिन नेपाल प्रहरीका विभिन्न बिभागहरु सक्रियता पुर्वक काम गरिरहेका छन।जनतालाइ सुरक्षा दिने सवालमा होस वा अन्य कुनै समस्यामा जनताका लागि प्रहरी आत्मिय बन्ने गरेको छ ।हरेक जसो समस्याहरु आइपर्दा जनताले न्यायको आश गर्ने सस्था नै प्रहरी प्रशासन हो।      यस्तै नेपाल प्रहरीको ट्राफिक महाशाखाले जनतासग नजिक भएर भैपरी आउने समस्याहरुको सहजीकरण समन्वय गर्नेकाम उल्लेख्य तवरले गरिरहेको छ।बाटोघाटोमा देखिएका सचेतना होस वा अन्य सेवाहरुमा ट्राफिक जवान वा अफिसरहरुले जनतालाइ सर्वसुलभ सेवा दिईरहेका छन।यतिबेला ट्राफिक प्रहरीको नेतृत्वमा एसएसपी जनक भट्टराई हुनुहुन्छ,उहाको नेतृत्वमा रहेको ट्राफिक टिमले जनप्रीय कामहरु गरिरहेको छ,समाजमा घट्ने विभिन्न किसिमका घटनाहरुलाइ जनताको हित अनुकुल हुने कामहरु गर्दै आएको छ।यसै अनुरुप केहिदिन अघिमात्र एकजना यात्रीको मोबाइल फोन यात्राको क्रममा खसेको र चालकले बरामद गरेको उक्त ब्यक्तिको निवेदनको आधारमा ट्राफिक प्रहरी महाशाखाले cctv फुटेजबाट पत्ता लगाई संबंधित ब्यक्तिलाइ हस्तान्तरण गरेको छ ।उक्त कुरा ट्राफिक महाशाखाको पेजमा तस्वीर सहित प्रस्तुत गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *