सीआईबि प्रमुखमा श्यामलाल ज्ञवाली

काठमाडौं ! सरकारले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबि) को प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई पठाउने निर्णय गरेको छ। आज शुक्रबार बसेको मन्त्रिपरिषदले ज्ञवालीलाई सीआईबि प्रमुखमा पठाउने निर्णय गरेको हो।

ज्ञवालीलाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य बिभागबाट केन्द्रिय अनुसन्धान ब्युरो पठाईएको हो।

त्यस्तै शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सीआईबीकी निर्देशक रहेकी एआईजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा गरेको छ। सरकारकी प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले बज्राचार्यको सरुवा कुनै कारबाही नभई नियमित भएको भनेर बचाउ गरेकी छन्।