काठमाडौं प्रहरी प्रमुखमा सुदिप गिरी

काठमाडौँ — काठमाडौँ जिल्लाको सुरक्षाको जिम्मा पाएको महानगरीय प्रहरी परिसर प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुदीप गिरीले पाएका छन् ।

यसअघिका प्रमुख एसएसपी अशोक सिंहलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएकाले गिरी महानगरी प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आएका हुन् ।

उनलाई यसअघि नै सरुवा गरिएको भए पनि अहिले मात्र कार्यान्वयन भएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए । गिरी प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट परिसरको नेतृत्व लिन आएका हुन् । भैरहवा विमानस्थलमा दरवन्दी सिर्जना गरिए पनि कार्यान्वयनको चरणमा नगएकाले हाललाई सिंह प्रहरी प्रधान कार्यालयमै रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *