नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो

काठमाडौं ! प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ । दुई महिना लामो अनुसन्धान सकेर प्रहरीले आज सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो ।

जिल्ला सरकारी वकिल वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार सोमबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौंले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो ।

प्रहरीले यस प्रकरणको सुरुमा ठगी एवं संगठित अपराधमा अनुसन्धान थालेको थियो । तर, उच्च पदमा आसिन भइसकेका राजनीतिक दलका नेता तथा बाहलवाला उच्च पदस्थ कर्मचारीहरुको समेत संलग्नता रहेको आशंका भएपछि प्रहरीले ठगी एवं संगठित अपराधसहित राज्यविरूद्धको कसुरमा समेत मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन तयार गरेको छ ।

प्रहरीले यस प्रकरणमा झन्डै २७ करोडको बिगो रकम माग गर्नुपर्ने उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *