नेपाल प्रहरीका चार डिआइजी एआइजीमा बढुवा सिफारिस : सन्दीप भण्डारी पहिलो नम्बरमा

काठमाडौं ! नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस भएको छ।

आइतबार प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरले चार जनालाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।

पहिलो नम्बरमा सन्दीप भण्डारी, दोस्रोमा सुदिप गिरी, तेस्रोमा मिरा चौधरी र चौथोमा टेकबहादुर तामाङलाई बढुवा गर्न सिफारिस गरिएको हो। चारै जना वर्तमान आइजीपी वसन्त कुँवरका ब्याची हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *