प्रहरी बुट खरिदमा ६ करोड घोटला

काठमाडौं । नेपाल प्रहरीले डिएसएम बुट खरिद गर्दा बजार मूल्यभन्दा दोब्बर मूल्य तिरेको पाइएको छ ।

कर्नवाल बिजनेस ट्रेडर्सको नाममा मोर्डन सुज लिमिटेडबाट उत्पादित फाइटर सुज किन्दा दोब्बर मूल्य परेको हो ।

व्यापारी केशर प्रधानको कर्नवाल बिजनेस ट्रेडर्स कम्पनीले २ हजार ६ सय ५० मूल्यमा टेण्डर पारेको थियो ।

सोही अनुसार उनको कम्पनीले जिल्ला प्रहरी कार्यालयमा पठाएको डिएसएम बुट गुणस्तरहीन परेको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार काठमाडौंबाट ति बुट खरिद गरेर जिल्ला जिल्लामा पठाइएको थियो ।

१३ करोड ५० लाख रुपैयाँबराबरको डिएसएम बुट खरिद गर्दा करिव आधा रकम घोटाला भएको अनुमान गरिएको छ ।

यो खबर आजको नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *