आईजीपी मुद्दाको फैसला आजै आउने सम्भावना

काठमाडौं ! नेपाल प्रहरीको आईजीपी विवाद मुद्दामा आज जवाफी बहस हुँदैछ । आज रिट निवेदकका तर्फबाट जवाफी बहस हुन लागेको हो ।बहस सकिएपछि आज नै सर्वोच्च अदालतले फैसला सुनाउन सक्ने सम्भावना छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ भइरहेको छ । केही हप्तादेखि आईजीपी विवादको रिटमाथि सर्वोच्चमा निरन्तर सुनुवाइ जारी छ ।

आफूलाई प्रहरी महानिरीक्षक बढुवा नगर्ने निर्णय गैरकानुनी भएको दाबी गर्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सरकारले धीरजप्रताव सिंहलाई प्रहरी प्रमुख बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *