आईजीपी मुद्दामा आज फेरि सुनुवाइ हुँदै

काठमाडौं– धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णयविरुद्ध दायर भएको रिटमा आइतबार सुनुवाइ हुँदैछ। यसअघि गत १३ गते सुनुवाइ भएको मुद्दा आइतबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो। आइतबार मुद्दाको चौंथो पेसी हो।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा गत सोमबार मुद्दाको सुनुवाइ भएकोमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ ३० गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो
सरकारले ज्येष्ठता तथा वरीयता मिचेर आईजी बढुवा गरेको भन्दै एआईजी विश्व पोखरेलले वैशाख १९ गते सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश शुष्मालता माथेमाको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो। इजलसाले मिति नै तोकेर सुनुवाइका लागि विपक्षीलाई बोलाएको थियो।

उक्त मुद्दामा जेठ १७ गते पेसी भएपनि उक्त दिन म्याद तामेली हुन नसकेपछि सरेको थियो। लगत्तै जेठ ३० गते प्रधानन्यायाधीशसहितको पूर्ण इजलासमा पेसी परेको थियो।
आफूलाई प्रहरी प्रमुख नबनाइ झण्डै डेढ वर्ष जुनियर एआईजी धीरजप्रताप सिंहलाई आईजी बनाएको भन्दै पोखरेलले सवोच्चमा रिट हालेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *