हामीलाई र्‍याल सिगान काढ्ने प्रधानमन्त्री होइन काम गर्ने प्रधानमन्त्री चाहिएको हो-योगेश भट्टराई

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले ७० वर्ष नाघेपछि चुनाव लड्न नपाउने व्यवस्था गर्ने प्रस्ताव गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले ७० वर्ष नाघेपछि राज्यका कुनै पनि निकायमा चुनाव लड्न नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

५८ वर्षमा कर्मचारीले अवकाश पाउने प्रणाली बनाएको उल्लेख गर्दै उनले भने, ‘७० वर्षपछि राज्यका कुनै पनि निकायमा चुनाव लड्न नपाउने व्यवस्था किन नगर्ने

उनी अगाडि थप्छन्, ‘हामीलाई र्‍याल, सिगान काढ्ने प्रधानमन्त्री होइन, काम गर्ने प्रधानमन्त्री चाहिएको हो ।’

म ३ बाट एकैचोटी ५ कक्षा पुगेको थिएँ: अध्यक्ष माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मान्छेको खुबी सानैमा देखिने बताएका छन् । पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यार्थीको पहिलो काम नै पढ्ने भएको र आफू एकैचोटी ३ बाट ५ कक्षामा पुगेको बताएका हुन् ।

उनले भने, ‘तपाईंहरुले पार्टी सदस्यता कहिले लिनुभयो ढिलो चाँडो जहिले लिए पनि तपाईंहरु विद्यार्थी विशेष जिल्ला कमिटीमा आउनुभएको छ । राम्रा मान्छेले फड्को मार्छन्, म पनि एकैचोटी कक्षा ३ बाट ५ मा पुगेको थिएँ। मान्छेमा खुबी छ भने त्यो सानैमा देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *