प्रहरीको आइजिपी नियुक्ति विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । आफूभन्दा जुनियर एआईजीलाई आईजीपी बनाइएको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

आफूभन्दा १६ महिना जुनियर एआईजी धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरिएको भन्दै सोमबार पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सरकारले आइतबार सिंहलाई आईजीपी नियुक्त गरेको थियो । सिनियरलाई पाखा लगाउँदै आईजीपी नियुक्त गरिएको भन्दै सत्तारूढ दल नेपाली कांग्रेसकै नेताहरूले सरकारको विरोध गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *