विधिको शासनको खिल्ली उडाएर नेपाल प्रहरीको आइजिपी नियुक्ति गरियो: शेखर कोइराला

काठमाडौं ! नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाल प्रहरीको आइजिपी नियुक्त गर्दा विधिको शासनको खिल्ली उडाउने काम भएको बताएका छन्।
आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले धिरजप्रताप सिंहलाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको थियो।

उनी तेस्रो बरियतामा रहेका एआइजी थिए।
‘वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले बिधिको शासनको खिल्ली उडाउँने काम गरेको छ,’ कोइरालाले ट्वीट गर्दै भनेका छन्, ‘सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक बिवादमा ल्याएको छ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *