काठमाडौं । सरकारले धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको आईजीपी नियुक्त गरेपछि संगठनमा असन्तृष्टि देखिएको छ । एकै ब्याच भए पनि आफूभन्दा जुनयरलाई आईजीपी बनाइएको भन्दै एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापाले अदालत जाने तयारी गरेका हुन् ।
पोखरेल सिंहभन्दा १६ महिनाअघि र थापा ११ महिनाअघि एआईजी बनेका थिए । आफूहरू सिनियर हुँदाहुँदै जुनियरलाई आईजीपी बनाइएको भन्दै कानुनी लडाइँ लड्ने उनीहरूले बताए ।
एक एआईजीले भने, “सरकारले न्याय गरेन । सर्वोच्च अदालतबाट न्यायको विश्वास गरेका छौँ । अदालत खुलेको दिन रिट दायर गर्छौँ ।”