निर्वाचन आचारसंहितामै फेरिए कैलालीका प्रहरी प्रमुख अधिकारी

कैलाली! प्रहरी प्रधान कार्यालयले कैलालीको प्रहरी प्रमुख फेरबदल भएको छ । हाल कार्यरत रहेका प्रहरी प्रमुख एसपी विश्व अधिकारीको ठाउँमा प्रहरी प्रधान कार्यलायबाट एसपी सोमेन्द्रसिंह राठौरलाई पठाइएको छ । अधिकारीलाई केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंमा काज सरुवा गरिएको छ ।

सामान्यतः प्रहरी अधिकृतको एक वर्षसम्म सरुवा नगर्ने नीति हुन्छ । त्यसैमा निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा एसपी अधिकारीलाई ९ महिनामै सरुवा गरिनुलाई निर्वाचनसँग जोडर अर्थपूर्ण ढंगले हेर्न थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *