सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त

काठमाडौं ! सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसीलाई महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले एआईजी केसीलाई आईजीपी नियुक्त गरेको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चारवर्षे कार्यकाल पूरा गरेर अवकाश पाएपछि केसीलाई आईजीपीमा बढुवा गरको हो । केसी पनि खनालकै ब्याची हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *