एआइजीहरुको यसरी भयो सरुवा

काठमाडौं । नेपाल प्रहरीका चारजना एआईजीहरुको सरुवा भएको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले तत्कालीन केपी ओली नेतृत्त्वको सरकारले गरेको एआईजीहरूको सरुवा बदर गर्दै नयाँ सरुवा निकालेको हो । प्रहरी प्रवक्ता एसएसपी वसन्त बहादुर कुवँरले सरुवाको पत्र प्रहरी प्रधान कार्यालयलाई प्राप्त भइसकेको बताए ।

नयाँ सरुवा अनुसार हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मा कार्यरत् एआईजी हरिबहादुर पाललाई यथावत नै राखिएको छ । यसबाहेक अपराध अनुसन्धान विभागमा एआईजी प्रद्युम्न कार्कीको सरुवा भएको छ भने निरजबहादुर शाहीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सरुवा भएको छ । पाल, शाही र कार्की हालका आईजीपी शैलेश थापा क्षेत्रीकै ब्याची हुन भने पोखरेल र थापा जुनियर ब्याचका एआईजी हुन् ।

एआईजी विश्वराज पोखरेलको मानव स्रोत तथा प्रशासन विभागमा सरुवा हुँदा सहकुलबहादुर थापाको कार्य विभागमा सरुवा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *