प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड बालुवाटारमा

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबारमा छलफल गरेर अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ता गर्न बालुवाटार पुगेका हुन् ।
प्रचण्डसँगै अर्थमन्त्री जनार्दन शर्मा पनि साथमा छन् ।
अमेरिकी सहायता परियोजना एमसीसी पनि पारित गर्ने र सत्ता गठबन्धन पनि जोगाउने मध्यमार्गी उपाय खोज्न माओवादी र एकीकृत समाजवादी कसरतमा लागेका बेला माधवसँग छलफल गरेर प्रचण्डले प्रधानमन्त्रीसँग वार्ता थालेका छन् । छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *