नेपाल प्रहरीको एआइजीमा सिद्धिविक्रम शाह सिफारिस

काठमाडौं : नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआइजी) सिद्धिविक्रम शाहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ। गृह मन्त्रालयअन्तर्गतको बढुवा सिफारिस समितिले शाहलाई मंगलबार एआइजीका लागि सिफारिस गरेको हो।

‘नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त हुने प्रहरी अतिरिक्त महानिरीक्षक पद संख्या १ (एक) मा बढुवा गर्न मिति २०८२।०२।०६ गते बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार देहाय बमोजिमको जनपद प्रहरी समूहतर्फका प्रहरी नायव महानिरीक्षकलाई सोही समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ,’ बढुवा समितिका सदस्य सचिव एवं प्रहरी महानिरीक्षक दीपक थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।