साहित्यकार सुष्मा दाहालको कविता सङ्ग्रह लोकार्पण

काठमाडौं ! साहित्यकार सुष्मा दाहालको कविता सङ्ग्रह लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकार उशा शेरचनको प्रमुख आतिथ्यतामा आज शनिबार सम्पन्न उक्त लोकार्पण समारोहको सभापतित्व साहित्यपोष्टका सम्पादक अश्विनी कोइरालाले गरेका थिए ।

प्रमुख अतिथि शेरचन, अतिथिहरु क्रमशः गीतकार शान्तिराम भट्टराई,अधिवक्ता कृष्णप्रसाद घिमिरे, कवयित्री रेजिना आपगाईले बिमोचित कविता सङ्ग्रहकी श्रष्टालाई शुभकामना ब्यक्त गरेका थिए । सभापतिको आसनबाट साहित्यकार अश्विनी कोइरालाले विमोचित कविता सङ्ग्रहको कविता वाचन गर्नुका साथै शुभकामना ब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *