संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री ओली

काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ का अवसरमा काठमाडौँको दरबारर्गस्थित सडकमा आयोजित ‘नेसनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुुभएको छ ।
नागरिकस्तरबाट आयोजित विशाल कन्सर्टमा कलाकार र सहभागीलाई उत्साहित तुल्याउन प्रधानमन्त्री ओली कार्यक्रमस्थलमा पुुग्नुुभएको हो । हातमा राष्ट्रिय झण्डा बोकेर फहराउँदै कन्सर्टको स्टेजजमा प्रधानमन्त्री ओली पुुग्दा सहभागीहरुले तालीको गडगडाहटबाट स्वागत गरेका थिए ।
सुुमधुर साँझमा कलाकारहरुको प्रस्तुतीका बीच प्रधानमन्त्री ओलीले संक्षिप्त शुुभकामना दिँदै ‘हामी यस भव्य कन्सर्टको आनन्द लिइरहेका छौँ । अत्यन्त उल्लासका साथ कार्यक्रम भइरहेको छ । दिवसलाई भव्य ढङ्गले मनाउन आग्रह गर्छु । इन्जेय गर्नुस् । धेरै धेरै धन्यवाद ।’’ भन्नुुभएको थियो । उक्त कन्सर्ट आज दिउँसो ४ बजेदेखि सञ्चालित छ ।