निजामती सेवा दिवसका लागि प्रधानमन्त्रीको शुभकामना

काठमाडौं ! निजामती सेवाले कानूनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ मा मनाउने गरिएको निजामती सेवा दिवसका अवसरमा सम्पूर्ण निजामती कर्मचारीलाई हार्दिक वधाई तथा शुुभकामना दिन चाहन्छु ।
नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य छ । तानाशाही बिरुद्धको संघर्ष, त्यस संघर्षमा खेप्नु परेको पीडा र गर्नु परेको बलिदान एवं आफ्ना पेशागत हकहितका भएका आन्दोलन उल्लेखनीय नै छन् । यस घडीमा म ती संघर्षहरुमा शहादत प्राप्त गर्ने शहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्दछु र पीडितहरुप्रति सहानुभूति प्रकट गर्दछु । कर्मचारीहरुले सहभागिता जनाएका र योगदान पु¥याएका आन्दोलनहरु सफल भएका पनि छन् र कर्मचारीहरुका मागहरु प्नि क्रमशः पूरा हुँदै गएका छन् ।
आज देशमा लोकतन्त्र छ, लोकतान्त्रिक संविधान छ र जनतामा सार्वभौमसत्ता रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली छ । अब हामी जो जहाँ छौं, त्यहीँबाट सबैले यस प्रणालीलाई सफल पार्नु छ । यतिबेला समस्त कर्मचारीले स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटोमा अग्रसर हुनु जरुरी छ । यसका लागि आफ्नो दक्षता अभिबृद्धि गर्न र देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन समेत जरुरी छ । यस अवसरमा सम्पूर्ण निजामती कर्मचारीहरुमा उच्च नैतिक आचरण, इमान्दारीता र पेशागत निष्ठा मार्फत् जनताप्रति उत्तरदायी र असल शासनको व्यावहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भन्ने समेत शुभकामना व्यक्त गर्दछु ।
नेपालको विभिन्न शासकीय व्यवस्थामा निजामती सेवाले आफ्नो सहभागिता जनाउँदै आएको छ । लोकतान्त्रिक शासन व्यवस्थामा यसको भूमिका र जिम्मेवारी अझै गहन र व्यापक हुुँदै गएको छ । लोकतन्त्रका लाभहरुको वितरण आम नागरिकसम्म पु¥याई जनताको सेवा गर्न, राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिबृद्धि गर्न निजामती सेवाको भूमिका महत्वपूर्ण हुन्छ । निजामती सेवाको यस्तो भूमिका मार्फत् नै मुलुकको आर्थिक–सामाजिक विकास गर्न सकिन्छ र त्यसैको माध्यमबाट हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नु पर्ने छ । राष्ट्रको यस आकाङ्क्षा पूरा गर्न सम्पूर्ण निजामती कर्मचारीहरुले आफ्नो क्षमता अभिबृद्धि गर्ने ज्ञान, सीप, दक्षता एवं त्यस क्षमतालाई निष्ठा र इमान्दारीपूर्वक व्यवहारमा प्रदर्शन गर्नु पर्ने आवश्यकता छ । निजामती कर्मचारीहरुमाथि लाग्ने गरेका तमाम गुुनासाहरुलाई चिर्दै पेशागत मूल्यमान्यता, व्यावसायिकता र निष्ठालाई आत्मसात गरी उच्च नैतिक आचरण र व्यवहार मार्फत् सेवा प्रदान गर्न प्रत्येक निजामती कर्मचारीहरुले आफूलाई समयानुकूल ढंगले रुपान्तरण गर्नु पर्ने भएको छ । यो आजको आवश्यकता हो ।
मुलुकमा उत्पन्न हुने प्राकृतिक प्रकोपहरु बाढी, पहिरो, आगलागीजस्ता विपद्जन्य घटनाहरुमा राष्ट्रसेवकहरुले देखाएको परोपकारी भावना र सम्पादन गरेको काम पनि प्रशंसनीय छ । जनताले अनुुभूत हुनेगरी सेवा प्रवाहलाई सरल, सहज र समयानुकूल बनाउँदै अगाडि बढ्न पनि म यस अवसरमा सबै राष्ट्रसेवकहरुलाई आग्रह गर्न चाहन्छुु ।
अन्त्यमा, व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन भन्ने मूल नाराका साथ मनाउन लागिएको २१औं निजामती सेवा दिवसको अवसरमा समस्त राष्ट्रसेवक कर्मचारीहरुमा पुनः हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।