राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघीय महासभाका लागि अमेरिकाको न्यूयोर्क जाने तयारीमा लागेका छन् ।

राष्ट्रसंघको महासभा यही भदौ २५ देखि असोज १२ गतेसम्म न्यूयोर्कमा हुँदै छ । प्रधानमन्त्री ओलीले समिट अफ द फ्युचरलाई सम्बोधन गर्ने तयारी छ ।

समिट अफ द फ्युचर असोज ६ र ७गते हुने तय भएको छ । प्रधानमन्त्री अमेरिका कहिले जाने र भ्रमण टोलीमा को–को रहने भन्ने गृहकार्य परराष्ट्र मन्त्रालयले गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि ओलीले ओलीले प्रधानमन्त्रीका रुपमा २०७५ असोजमा राष्ट्रसंघ महासभालाई सम्बोधन गर्नुभएको थियो । पछिल्लो पटक गत असार ३० गते प्रधानमन्त्री बनेयता ओली विदेश भ्रमणमा गएका छैनन् ।