प्रधानमन्त्रीको प्रतिबद्धता : ‘स्वास्थ्य अवस्थाले साथ दिएसम्म पार्टी बैठक बालुवाटारमा राख्दिन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा पार्टीका कुनै पनि बैठक नराख्ने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएसम्म कुनै पनि पार्टीका बैठक सरकारी निवास बालुवाटारमा नराख्ने बताएका हुन् ।

मनोहरा खोलामा आएको बाढीको डुबानले पार्टी कार्यालयमा बैठक बस्न नसक्ने भएका कारण यो पटक बैठक अन्यत्र राखिएको उनको भनाई छ । उनले अगामी दिनमा सुझाव दिन आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु । आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ । यसरी नै मलाई सुझाव दिँदै जानुहोला ।’