२ बर्ष पुग्नुभन्दा १ हप्ता अघि नै राजीनामा दिन्छु र देउवा जी प्रधानमन्त्री बन्नुहुन्छ: प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार दुई ठुला पार्टीले कर्तव्यबोध गरेर बनाएकोले पूरै समय चल्ने बताउनुभएको छ।

सिंहदरवारमा सचिवहरुलाई निर्देशन दिने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा २ बर्ष सरकार चल्ने र दुई बर्ष पुग्न एक हप्ता अघि आफूले राजीनामा दिएर नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाको नेतृत्वमा आगामी चुनावसम्म यो गठबन्धन जाने उल्लेख गर्नुभयो ।

यो सरकार कुनै दाउपेच र छिर्कने मार्न नबनेको भन्नुहुँदै प्रधानमन्त्री ओलीले सरकार ढल्ने त के ढलपल पनि नहुने प्रस्ट पार्नुभयो ।

उहाँले सरकारको स्थायित्वको बारेमा कुनै शंका नगर्न र ढुक्क भएर काम गर्न सचिवहरुलाई निर्देशन पनि दिनुभयो ।।